नियम ७
मुद्दाफिर्ता सम्बन्धी निर्णयको प्रमाणीकरण
नेपाल सरकार वादी हुने फौजदारी मुद्दा फिर्ता गर्नुपर्दा त्यस्तो मुद्दा फिर्ता गर्ने सम्बन्धमा नेपाल सरकार, मन्त्रिपरिषद्बाट हुने निर्णय मुख्य सचिवले प्रमाणित गर्नेछ र त्यसरी भएको प्रमाणीकरणको आधारमा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको सचिवले कार्यान्वयन गर्ने वा गराउनेछ ।